इन्फो नेपाल — सञ्चारको सञ्जाल

चोरी डकैती बढ्न थालेपछि मोरङको पथरी शनिश्चरेमा प्रहरीको सुरक्षा गस्ती

सुनसरी / चोरी डकैती हुन थालेपछि मोरङको पथरी शनिश्चरेमा प्रहरीको सुरक्षा गस्ती खटाउनु परेको छ । माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटनाहरु घट्न थालेपछि इलाका प्रहरी कार्यालय पथरीले सुरक्षा व्यवस्थालाई अझ मजबुद बनाउन प्रहरी गस्ती तिब्र बनाइएको छ । मंगलबार इलाका प्रहरी कार्यलय पथरीका प्रमुख डिएसपी लक्ष्मीप्रसाद भण्डारीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्कीको टोलीले पथरी जाँते तथा लेटाङ कानेपोखरी फारलाइन क्षेत्रमा हुने चोरी हुने संभावित स्थानहरुको स्थलगत अनुगमन गर्दै प्रहरले सुरक्षालाई तिब्रता दिन गस्ती खटाएको हो । चोरीका घटनालाई नियन्त्रण तथा शान्ती सुरक्षाको विषयमा पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्वापाे साउन ८ गते सुरक्षा निकायका प्रमुख सहित छलफल गरेर इप्रका पथरीका प्रमुख लक्ष्मी भण्डारी, ससत्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुख प्रहरी निरीक्षक निरञ्जन कार्की र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहित छलफल भएको थियो । साइकल गस्ती चौक टोल बंकैनाडाँडामा सडक गस्ती तथा प्रहरीको गाडीमा पेट्रोलिङलाई थप बाक्लो बनाउँदै सुरक्षा व्यवस्थालाई मजबुद बनाउदै लगिएको डिएसपी भण्डारीले जानकारी दिए। चोरीको घटना घटेमा वा शंकास्पद व्यक्ति देखिएमा ९८५२०२७४६९ मा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क