इन्फो नेपाल — सञ्चारको सञ्जाल

चौबीसे गाउँपालिकाले राजारानी ताललाई पर्यटकीय गन्तव्य बनाउने !

सुनसरी : धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर -६ स्थित राजारानीमा अवस्थित राजारानी ताललाई स्थानीय सरकार २०८०/८१ को पर्यटन वर्ष बनाएर अगाडि बढ्ने योजना रहेको छ । धनकुटाको चौबीसे गाउँपालिकाले २०८०/८१ लाई चौबीसेका पर्यटकीय गन्तव्य बनाएर अगाडि बढने योजना रहेको छ । जसमा धनकुटाको मुख्य घुम्न लायक ठाउँ राजारानी ताल रहेको छ ।राजारानी बजारको करिब १ सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ । चौबिसे गाउँपालिकामा चारैतर्फ रमाइला डाँडाहरूले घेरिएर रहेको सानो उपत्यका आकारको बनावट भएको ठाउँलाई राजारानी भनिन्छ । यस उपत्यकामा रहेका २ ओटा ताललाई राजारानी ताल भनिन्छ । यिनै तालको नामबाट यो ठाउँको नाम राजारानी रहेको हो । यहाँ मावरक (आमापोखरी) र पावरक (बाबु पोखरी) भन्ने २ ओटा ताल थिए । यी तालमा खदम राजा र खदम रानी भनिने शक्तिशाली राजारानी बस्ने गर्दथे । वि.सं. १८६२ मा ताल फुटेर पानी बाहिर गएपछि खदम राजा र खदम रानी पाँचथरको याङ्वरकमा गई बसेको भन्ने किंवदन्ती रहेको छ । भेडेटारबाट २० किलोमिटर टाढा रहेको राजारानी नौकाविहारको लागि आकर्षक स्थलसमेत हो । यहाँ बोटिङ्ग, फिसिङ्ग, पिक्निक स्पोट, मिनि टावर र सेल्फी पोइन्ट लगायतको व्यवस्था गरिएको छ । गाउँपालिका भित्र पर्यटन, पर्या-पर्यटन, धार्मिक तथा सास्कृतिक पर्यटनको केन्द्र बनाउन स्थानीय निकाय, समुदाय तथा निजि क्षेत्र समेतको सहभागीतामा थप व्यवस्थित गर्दै लानुपर्ने आवश्यक्तालाई गाउँपालिकाले डायरी तयारी पारेको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले बताउनु भयो । प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जलचर तथा वनस्पति यस क्षेत्रका मुख्य आकर्षणहरू हुन् । धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमालपोखरीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । वरीपरी डाँडैडाँडाले छेकिएको उपत्यकाझैँ देखिने राजारानी क्षेत्रमा ३ ओटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका २ ओटा मन्दिरहरू छन् । यहाँका राजाले युद्ध हारेपछि पोखरीमा गएर राजारानी तथा छोरी राजकुमारीले डुबेर आत्महत्या गरेको भन्ने किंवदन्ती रहेको जानकारहरू बताउँछन् । राजारानीमा ३ ओटा पोखरी रहेका छन् । दायाँतर्फ राजा पोखरी रहेको छ भने बायाँतर्फ रानीपोखरी रहेको छ । रानीपोखरीको छेउमा सानो आकारमा राजकुमारी पोखरी रहेको छ । धिमालहरूले हरेक वर्षको बैशाख २ गते राजारानीमा जात्री पूजा गर्ने गरेका छन् । राजारानीमा पूजा गरी शुरु भएको जात्रीपूजा असार २ गते मोरङको उर्लाबारीस्थित दशबिघेमा समापन हुने गरेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते