इन्फो नेपाल — सञ्चारको सञ्जाल

छापा हान्न गएका प्रहरी मोबाईल चोरेर फर्किए, भिडियो भाईरल

कैलाली, माघ ७ । मोबाईल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चोरिरहेको भिडियो सार्वजनिक भएको छ । मोबाईल पसलबाट लागुऔषधको कारोबार भईरहेको भन्दै छापा मार्न गएको प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथी कारबाहि सुरु भएको छ । कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाईल पसलबाट दुई वटा मोबाईल चोरेका थिए ।माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न पुगेको थियो । प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा मोबाईल चोरीरहेको सिसि क्यामरामा कैद भएको भिडियोमा देख्न सकिन्छ । मोबाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी कारबाहि अगाडी बढाएको छ । मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घटना बाहिर आएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क