इन्फो नेपाल — सञ्चारको सञ्जाल

छोराको चिता जल्दा जल्दै पहिरो खसेर बुवासहित १३ जना पुरिए !

काठमाडौं । कालिकोट तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाही मुटु रोगी थिए । उनको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गर्ने मिति तय थियो । दसैँ नजिकिँदै थियो । परिवारका सदस्यले दसैँ मनाएर शल्यक्रिया गर्ने योजना बनाए । तर, हेमराजले शनिबार प्राण त्यागे । पछिल्लो पाँच दिनयता कालिकोटलगायत जिल्लामा लगातार वर्षा भइरहेको छ । शनिबार बिहान हेमराजको शव अन्त्योष्टि गर्न बुबासहित ६० बढी मलामी घरबाट निस्किए । तिलागुफा–४ राचुलीमा नदी किनारमा शवमा दागबत्ती दिइयो । दागबत्ती दिनेमा थिए, हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाही । घटनास्थलमा रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले भने, “चिता जल्दाजल्दै माथिबाट पहिरो खसेछ । भागदौड भयो । चिता नजिकै रहेका उनका बुवा ४ नम्बर वडाका अध्यक्ष प्रसिद्ध शाहीसहित १३ जनालाई पहिरोले पुरेछ । कोही भेटिएका छैनन् ।” सोही पहिरोले १० भन्दाबढी घर पनि बगाएको छ । चार घण्टा पैदल हिँडेर प्रहरी टोली आज घटनास्थल पुगेको छ । बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । बेपत्ता हुनेहरुमा हेमराजका बुबा कालीबहादुर शाही, वडाध्यक्ष प्रसिद्ध शाही, प्रशान्त शाही, मोतिलाल शाही, नरेश शाही, छत्र शाही, धनबहादुर शाही, अनील शाही, मानबहादुर शाही र खगेन्द्र शाही छन् । उपमेयर शाहीले बेपत्ता हुनेहरु नजिकका आफन्त र नातागोताका बढी छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको बताए । अहिले पनि पहिरो जाने क्रम रोकिएको छैन । स्थानीयलाई कालिका माविमा राखिएको छ । बस्ती जोखिममा रहेको उपमेयर शाहीले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा इन्टरनेट, विधुत् सेवा अवरुद्ध छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क