इन्फो नेपाल — सञ्चारको सञ्जाल

छोरालाई चीनको राजदूत बनाउन सभामुख सापकोटाको दबाब, प्रधानमन्त्री देउवाले गरे ठाडै अस्विकार

काठमाडौं । सरकारले रिक्त रहेका देशमा राजदूत नियुक्तीको तयारी थालिरहेको छ । यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आवद्ध पाँच दलका नेताहरुसँग भागबण्डाअनुसार राजदूतको लागि नाम दिन भनिसकेका छन् । यसअघि कांग्रेसले आफ्नो कोटाबाट भारत, बेलायत र अमेरिकाको लागि राजदूत नियुक्त गरिसकेको छ । सरकारले भारतमा डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई र अमेरिकाको लागि श्रीधर खत्रीलाई नियुक्त गरिसकेको छ ।उनीहरुको संसदीय सुनुवाई पनि सम्पन्न भैसकेको छ । पाँच दलीय भागबण्डाअनुसार चीनको राजदूत भने नेकपा (माओवादी केन्द्र) को कोटामा परेको छ । माओवादीले चीनको लागि नेपाली राजदूतमा कसलाई पठाउने भनेर आन्तरिक तयारी गरिसकेको छैन् ।तर, सभामुख अग्निप्रसाद सापकोटाले भने आफ्नो छोरा रुपक सापकोटालाई चीनको राजदूत बनाउनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमार्फत लविईङ गरिरहेका छन् । चीनको रेनमिन् विश्वविद्यालयबाट भूराजनीतिक विषयमा विद्यावारिधी गरेका रुपकले यसपटक चीनको राजदूत बनाउनको लागि भित्रभित्रै लविङ् गरेका छन् ।सापकोटाले गत कार्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । पछिल्लो समय सभामुख सापकोटा एमसीसीको कारण चर्चामा छन् । उनले आफू मर्न तयार रहेको तर एमसीसी अघि नबढाउने भनेर भनिरहेका छन् ।एमसीसीको विषयमा सभामुख सापकोटा सकारात्मक नभएपछि प्रधानमन्त्री देउवाले पनि छोरालाई राजदूत नबनाउने अडान लिएका छन् ।राजदूत नियुक्तीको विषयमा प्रचण्डले रुपकको नाम चीनको लागि प्रस्ताव गर्दा देउवा सकारात्मक नसुनिएको माओवादी केन्द्रका नेताहरुको दाबी छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क