इन्फो नेपाल — सञ्चारको सञ्जाल

छोरीलाई बला'त्कार गरेको आरोपमा बुवा पक्राउ

(लमजुङ) — आफ्नै छोरीलाई जबर्जस्ती कर'णी (बला'त्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एकजना अधबैंसेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती क'रणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख निरिक्षक जगदिश रेग्मीका अनुसार कि'शोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो । आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका ती अधबैंसेलाई लमजुङ जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको इन्पसेक्टर रेग्मीले बताए । उनका अनुसार पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरिएको र छोरीलाई आमाको जिम्मा लगाएर पठाइएको छ । प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनाव वरपर र चुनावपछि समेत गरी ती अधबैंसेले छोरीलाई ३ पटक कर'णी गरेको प्रारम्भिक बयान छोरीले दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा ती अधबैंसेले २ पटकसम्म कर'णी गरेको स्वीकार गरेका अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ । ‘हामीले अदालतमा म्याद थप गरी अनुसन्धान थालेका छौं । घटनाको प्रकृति हेर्दा जवर्जस्ती क'रणी भएको प्रमाण र आधारहरु देखिएका छन्,’ प्रहरीले भन्यो । प्रहरीका अनुसार आमालाई भन्न नसकेर ती किशोरी प्रहरी कार्यालयमा आएका हुन् । तिनै किशोरीलाई जब'र्जस्ती क'रणी गरेको अभियोगमा एक युवकलाई यही बैशाखमा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ । चैत ३० गतेको घटनामा ती युवकले किशोरीलाई नजिकैको बजारमा खाजा खान लगेपछि साँझपख भीषण वर्षा भएपछि होटलमा लगेर जबर्जस्ती क'रणी गरेको घटनामा प्रहरीले युवकविरुद्ध मुद्दा चलाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क