अछाम । छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि थुनामा राखेको छ।
अछाम प्रहरी कार्यालयका अनुसार, मङ्गलसेन नगरपालिका-६ निवासी एक अन्दाजी ३५ वर्षीय पुरुषले आफ्नै छोरीलाई बलात्कार गरेको खुलेको छ। घटनाको बारेमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो।
घटना घरमा एक्लै बसेको बेला भएको थियो। पीडितकी आमाले यस्तो घटना आँखाले देखेपछि उजुरी गरेकी हुन्।
"घरमा आमासँगै बसेको बेला बाबुले बलात्कार गरेको रहेछ," अछाम प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले भने, "उजुरीको आधारमा हामीले उनलाई घरबाट नै पक्राउ गरेका छौं।"
म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइसकेको छ भने उनलाई अहिले आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…