इन्फो नेपाल — सञ्चारको सञ्जाल

जङ्गलमा लागेको डढेलो १४ घर जल्यो, अझै आईपुगेन दमकल

म्याङलुङ । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा आगलागीबाट हालसम्म १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । अहिलेसम्म मानवीय क्षति भने नभएको उनले बताए । उनले आगो अहिले पनि नियन्त्रण बाहिर रहेको भन्दै पालिकाको टोलीसहित आफूहरु घटनास्थलमा रहेको बताए । सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको बताउँदै उनले भने, ‘सडक यातायातमार्फत दमकल आधा घण्टामा आइपुग्ने जानकारी पाएका छौं, तर दमकल जान नसक्ने ठाउँमा आगलागी भएको छ ।’ उनका अनुसार सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छन् । शनिबार दिउँसो करिब १ बजेबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाका झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको छ । आगो निभाउन खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेका अनुसार गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क