इन्फो नेपाल — सञ्चारको सञ्जाल

जङ्गली हात्तीको हिन्दु परम्पराअनुसार अन्त्येष्टि

धनगढी। कञ्चनपुरको मध्यवर्ती क्षेत्रमा मरेको जङ्गली हात्तीको हिन्दु परम्पराअनुसार बिहीबार अन्त्येष्टि गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीको अन्त्येष्टि गरेको हो । हिन्दु धर्मावलम्बीहरूले हात्तीलाई गणेश भगवानको रूपमा पुज्ने गर्छन् । त्यसैले पूजाआजा गरेर हात्तीको अन्त्येष्टि गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा नगरपालिका –७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको सेप्टी ट्याङ्कीमा बिहीबार राति फसेर हात्तीको ज्यान गएको थियो । हात्ती करिब ३५ देखि ४० वर्षको वयस्क पोथी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले जानकारी दिए । उनका अनुसार झुण्डबाट छुट्टिएर एक्लै हिँडेको हात्ती करिब १२ बजेतिर चर्पीको सेप्टी ट्याङ्कीमा परेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको जङ्गली हात्तीको सङ्ख्या यकिन छैन । हरेक वर्ष २४–२५ वटा हात्तीको झुण्ड निकुञ्जमा देखिए पनि नेपाल–भारतमा ओहोरदोहोर गरिरहने गरेको जनाइएको छ । कञ्चनपुरमा पछिल्लो केही वर्षयता तीन वटा जङ्गली हात्तीको ज्यान गइसकेको छ । गतवर्ष झुण्डबाट छुट्टिएको एउटा छावा मृत भेटिएको मेहताले जानकारी दिए । यसैगरी, छ वर्ष अगाडि पुनर्वास नगरपालिका –१० स्थित नमुना सामुदायिक वनमा शिकारीले थापेको विद्युतीय पासोमा परेर एउटा भाले हात्तीको ज्यान गएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क