इन्फो नेपाल — सञ्चारको सञ्जाल

जनकपुर बोल्ट्स र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता, अनिल साह बने ब्राण्ड एम्बेसेडर

हेटौँडा | नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुर बोल्ट्स र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच शैक्षिक साझेदारी सम्बन्धी सम्झौता भएको छ। बुधबार आयोजित कार्यक्रममार्फत जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रूपमा रहनेछ। सम्झौतामा खेलाडी अनिल साह र शुभ कंशाकार पनि उपस्थित थिए। विशेष कुरा त, अनिल साहलाई म्यानेजमेन्टले आफ्नो ब्राण्ड एम्बेसेडरको रूपमा चयन गरेको छ। अनिल र शुभ दुबै जनकपुर बोल्ट्सका खेलाडी र म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन्।

सम्झौताको अवसरमा प्रिन्सिपल जोशीले निकट भविष्यमा टिम नै खरिद गर्ने सम्भावना रहेको बताए। क्रिकेटको विकासलाई गति दिनका लागि पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरीलाई प्रशिक्षकको रूपमा नियुक्त गरिएको जानकारी पनि उनले दिए।

कार्यक्रममा अनिल साहले आफ्नो व्यावसायिक क्रिकेट यात्रा मकवानपुरबाट सुरु भएको स्मरण गर्दै कडा अनुशासनले आफ्नो सफलतामा ठूलो योगदान रहेको बताए। उनले भने, "म्यानेजमेन्टमा सिकेको अनुशासनलाई मैले क्रिकेटमा लागू गरेकै कारण मैले आजको स्थान हासिल गरेको छु।"

यस वर्षको एनपीएलमा जनकपुर बोल्ट्सलाई बलियो टिम मानिएको छ। आशिफ शेख मार्की प्लेयर रहेको यस टिमलाई पूर्वनेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक श्रीलंकाली पुबुदु दसानायकेले प्रशिक्षण दिनेछन्। एनपीएल प्रतियोगिता मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता