इन्फो नेपाल — सञ्चारको सञ्जाल

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती

काठमाडौं | आज २०८१ असार १४ गते, नेपालका प्रसिद्ध जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती विभिन्न कार्यक्रमहरू गरि मनाइँदैछ। मदन भण्डारी फाउन्डेसनले यस अवसरमा राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीले प्रतिपादन गरेको "जनताको बहुदलीय जनवाद" सिद्धान्त आजसम्म पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ। नेपालको राजनीतिमा मार्क्सवादका नवीन प्रयोगकर्ता र विचारकका रूपमा चिनिने भण्डारीको जन्म वि.सं. २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो।

दुःखद रूपमा, वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय दुर्घटनामा उनको निधन भयो। आजको दिन उनको जीवन र योगदानको सम्झना गर्दै, नेपालभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क