इन्फो नेपाल — सञ्चारको सञ्जाल

जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर लगेपछि

परासी । नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर पुर्‍याएका छन् । खडेरी परेपछि आजित भएका स्थानीयले पानी पार्नका लागि भन्दै क्षमा पूजाका लागि उनीहरूलाई मन्दिर लगेर पूजाआजा गरेका हुन् । जिल्लामा १५ दिनदेखि पानी नपर्दा धान बाली सुक्न थालेको छ । खडेरीका कारण धान खेत चिरा (धाँजा) परेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रका स्थानीयले इन्द्र भगवानसँग पानीको माग गर्दै घर–घरमा पुगेर मानिसहरूमाथि पानीले नुहाई दिने, हिलो छ्यापिदिने परम्परागत छ । यो परम्परामा विभिन्न जोकर भेषमा महिलाहरू सहभागी हुने गर्दछन् । महिलाहरूले पानी पार्नका लागि धार्मिक गित गाउँदै घर–घरमा पुग्ने र गाउँ परिक्रमा गर्ने गर्दछन् । यसो गर्दा इन्द्र भगवान खुसी हुने र पानी पार्ने धार्मिक विश्वास रहेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए । पानी माग्दै हिड्नेहरूले सहयोग रकम लिने र उक्त रकमबाट मन्दिरहरूमा क्षमापूजा गर्ने प्रचलन छ । खडेरीका कारण धान उत्पादनमा कमि आउने भन्दै किसानहरु चिन्तित बनेका छन् । पानी नपरेपछि बढेको गर्मीले चहलपहल समेत घटेको छ । गर्मीले सबैभन्दा बढी दैनिक मजदुरी गरेर खाने मर्कामा परेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क