इन्फो नेपाल — सञ्चारको सञ्जाल

जनार्दन अर्थमा फर्किने !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको महासचिव पद कसलाई दिने भन्ने विषय अझै टुङ्गो लागेको छैन । जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जना महासचिव बन्ने पक्का भए पनि दुवै जनाले अडान नछोडेपछि अध्यक्ष प्रचण्ड गृहकार्यमा छन् । एक जना केन्द्रिय सदस्यकाका अनुसार एक समय जनार्दन शर्मालाई दिने सम्भावना बढेर गएको थियो । अध्यक्ष प्रचण्डको प्रिय पात्र वर्षमान पुन भए पनि अर्थमन्त्रीबाट राजीनामा दिन लगाएकाले शर्माले कुनै पनि हालतमा महासचिव पद नछोड्ने बताएको ति केन्द्रिय सदस्यले जानकारी दिए । तर अर्का नेताले भने पुनलाई नै महासचिव बनाउने तयारी भइरहेको दाबी गरे । शर्मामाथिको संसदीय छानबीन प्रतिवेदनले दोषी नदेखाउने विश्वास गरेर पुनः उनै शर्मा अर्थमन्त्रालयमा फर्किने भएकाले महासचिव पद वर्षमानलाई दिने पक्का जस्तै भएको ति नेताले बताए । नाम नबताउने शर्तमा ति सदस्यले शक्ति बस्नेत, हरिबोल गजुरेल र पम्फा भुसालले पनि महासचिव पद चाहेको भए पनि शर्मा नै प्रबल सम्भावना रहेको स्पष्ट पारे । संरचनामा ७ जना उपाध्यक्ष, तीन जना सचिव र एक जना कोषाध्यक्ष बनाउने भनिएको छ । महासचिव बन्ने आकांक्षा राखेका अन्य नेतालाई उपाध्यक्षमा मिलाउने प्रचण्डको तयारी छ । नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष दिने तयारी भएको छ । उपाध्यक्षमा नअटाएका नेतालाई सचिव बनाउने तयारी भइरहेको छ । त्यसैगरी उपसचिव पदमा पनि समेटिनेछन् । उपसचिव दुई जनाला बनाउने भनिएको छ । पदाधिकारीको कूल संख्या १५ रहने छ । तर पदाधिकारीमा विवाद धेरै बढ्यो भने स्थायी कमिटि, पोलिटब्यूरो र कार्यालय (सचिवालय) मात्रै गठन गर्ने विकल्प प्रचण्डले सोचेको ति केन्द्रिय सदस्यले बताए । माओवादीको केन्द्रिय समिति बैठक आइतबार सुरु भएको थियो । सोमबार पनि बैठक बस्यो । त्यसपछि मंगलबार र बुधबार बैठक स्थगित गरिएको थियो । महासचिवलगायत पदाधिकारी कसकसलाई बनाउने भन्ने सहमति खोज्नका लागि बैठक स्थगित गरेर प्रचण्ड गृहकार्यमा जुटेका थिए । तर यही समयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि गृहकार्य प्रभावकारी बन्न सकेको थिएन ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क