इन्फो नेपाल — सञ्चारको सञ्जाल

जन्मदर बढाउन सिंगापुर सरकारको नयाँ प्रयोग: कर्मचारीका लागि ल्यायो 'फर्स्टडेट' एप

काठमाडैँ । घट्दो जन्मदर र विवाहदरबाट चिन्तित सिंगापुर सरकारले आफ्ना कर्मचारीका लागि छुट्टै डेटिङ प्लेटफर्म सुरु गरेको छ। देशको प्रजनन दर इतिहासकै तल्लो बिन्दुमा झरेपछि सरकारले कर्मचारीलाई जोडी बाँध्न प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालेको हो।

​सिंगापुरको सरकारी प्रविधि एजेन्सी 'गभटेक'ले परीक्षणका रूपमा 'फर्स्टडेट' नाम दिइएको उक्त डेटिङ प्लेटफर्म सञ्चालनमा ल्याएको हो। हाललाई यो सुविधा २१ देखि ३५ वर्ष उमेर समूहका सरकारी कर्मचारीहरूका लागि मात्र उपलब्ध गराइएको छ।

​सामान्य डेटिङ एपभन्दा सुरक्षित र फरक बनाउन यसमा विशेष प्रविधि अपनाइएको छ। एपमा नक्कली प्रोफाइल (फेक एकाउन्ट) बन्न नदिन प्रयोगकर्ताको पहिचान सिंगापुर सरकारको आधिकारिक डिजिटल आईडी प्रणाली 'सिंगपास'मार्फत भेरिफाई गर्ने व्यवस्था मिलाइएको छ।

​त्यस्तै, सही र उपयुक्त जोडी मिलाउनका लागि नोबेल पुरस्कार विजेता गणितीय सिद्धान्त 'गेल–शाप्ले एल्गोरिदम'को प्रयोग गरिएको छ।

​गएको वर्ष सिंगापुरको कुल प्रजनन दर इतिहासकै सबैभन्दा कम ०.८७ मा झरेको थियो। प्रजनन दर घट्दै जाँदा भविष्यमा जनसङ्ख्या सन्तुलन र श्रमशक्तिमा गम्भीर असर पर्ने भएपछि सरकारले आफ्नै कर्मचारीबाट परिवार बसाउने यो नयाँ पहल थालेको हो।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क