इन्फो नेपाल — सञ्चारको सञ्जाल

जसपाका नेता भन्छन्– अब गृह मन्त्रालय र उपराष्ट्रपति दिए सरकारमा जान सकिन्छ

काठमाडौं । सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने तयारी गरिरहेको छ । जसपाले सत्ताको भागबन्डा सम्मानजनक नभएको भन्दै मन्त्रालय स्वीकार गरेको छैन । जसपालाई भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई मन्त्रालय आफैँसँग राखेका छन् । जसमा वन तथा वातावरण र खेलकुद मन्त्रालय रहेको छ । यही भागबन्डामा सरकारमा सहभागी हुन नसकिने भनाइ जसपा नेताहरू बताउँछन् । शुक्रबार सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको वर्तमान सरकारमा गृहमन्त्रालय खाली भएको छ । जसपाले गृह मन्त्रालय र उपराष्ट्रपति पद लिएर सरकारमा जाने विषयमा छलफल अघि बढाउने तयारी गरेको छ । “अब नयाँ परिस्थिति सिर्जना भयो । यो परिस्थिति हामीले सिर्जना गरेका हैनौँ,” जसपा नेता प्रमोद साहले बाह्रखरीसँग भने, “अब गृह मन्त्रालय, राष्ट्रपति, उपराष्ट्रपति र केही मन्त्रालय हेरफेर गर्ने र सरकारमा सहभागी हुने विषयमा छलफल अघि बढाउन सकिन्छ ।” उनले जनतासँग जोडिएका विकासका मन्त्रालय दिएमात्र गरिएका कामहरू जनतासमक्ष देखिने भएकाले त्यस्ता मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहेको बताए । जनताले गठबन्धनको म्यान्डेट दिएकाले गठबन्धनमा आबद्ध दलहरूको समान हैसियतमा भागबन्डा हुनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क