इन्फो नेपाल — सञ्चारको सञ्जाल

जस्तापाटा बोकेर मतदाता कहाँ पुगे नवनिर्वाचित सांसद

म्याग्दी । नवनिर्वाचित सांसद रेशमबहादुर जुग्जाली जस्तापाटा बोकेर मतदाता कहाँ पुगेका छन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले भोजभतेरको खर्च कटाएर मंगला गाउँपालिका–१ कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जिर्ण घर मर्मतका लागि जस्तापाटा बोकेर पुगेका छन् । जिर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई (फाले फगामी र रतिकला फगामी) लागि जस्तापाटा उपलब्ध गराएका हुन् । जुग्जालीले साथी भाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चीएको बताए । मंगला, मालिका र धवलागिरी गाउँपालिकामा एक÷एक वटा कार्यक्रम गर्ने जुग्जालीको योजना छ । नेपाली कांग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरुले श्रमदान गरेर जस्तापाटा फेरिदिने जनाएका छन् । फगामी दम्पत्तीले जिर्ण घर मर्मत हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । उनीहरुले नवनिर्वाचित सांसद जुग्जालीलाई आर्शिवाद दिएका थिय ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क