इन्फो नेपाल — सञ्चारको सञ्जाल

जहाज दुर्घटनास्थलबाट डेढ किलोमिटर पर फेला पर्‍यो एक जनाको शव

काठमाडौं, पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनास्थलभन्दा डेढ किलोमिटर पर एक जनाको शव फेला परेको छ। मंगलबार उद्धार टोलीले दुर्घटनास्थलभन्दा करिब डेढ किलोमिटर पर खोल्सामा एक जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  तर उक्त व्यक्ति एयरलाइन्स जहाज दुर्घटनामा परेका हुन् वा होइनन् भन्नेबारे यकिन नभएको पनि उनले बताए।  उक्त शवबारे प्रहरीले थप बुझ्ने काम भइरहेको उनले बताए।  यस्तै शवका केही भाग पनि फेला परेको छ।  एउटा टाउकोको भाग र खुट्टा फेला परेको उनले जानकारी दिए।  अहिलेसम्म ७० जनाको शव फेला परिसकेको छ। आज फेला परेको शव पहिचान हुन बाँकी छ।  फेला परेका शवको पहिचान गरी परिवार तथा आफन्तलाई बुझाइरहेको छ। ४८ वटा शव नेपाली सेनाले काठमाडौं ल्याएको छ। २२ वटा शव पोखरामा आफन्तलाई नै बुझाइसकेको छ।  योसँगै मंगलबारको खोजी तथा उद्धारको काम पनि स्थगित भएको छ। 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क