इन्फो नेपाल — सञ्चारको सञ्जाल

जाजरकोट जिल्ला अस्पतालमा घाइतेको घुइँचो, उद्धारका लागि एम्बुलेन्स अभाव

काठमाडौं- कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। यो उद्धार सुरु भएसँगै मृतक र घाइतेको संख्या पनि बढेको छ। जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको बताए। उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। जिल्ला अस्पतालमा सयभन्दा धेरै घाइतेहरु पुगिसकेको उनले बताए। ‘घाइतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भइरहेको छ,’ उनले भने।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क