इन्फो नेपाल — सञ्चारको सञ्जाल

जाडोमा विद्यार्थीहरुलाई न्यानो गराउदै एलिजा फाउण्डेशन

काठमाडौं । जाडोमा विद्यार्थीहरुलाई एलिजा फाउण्डेशनले न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभूत विद्यालयका १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । फाउण्डेशनकी अध्यक्ष एलिजा गौतम र संरक्षक गीतादेवी भेटुवालले विद्यार्थीहरुलाई सोमबार आयोजित एक कार्यक्रमकाबीच ती न्यानो कपडा वितरण गरेका हुन् । फाउण्डेशनले शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको क्षेत्रमा ठूलो मात्रामा सहयोग गर्ने घोषणा गरेअनुसार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको जनाईएको छ । कपडा वितरणपछि फाउण्डेशनकी अध्यक्ष गौतमले भनिन्, ‘आज हामीले फाउन्डेसनको तर्फबाट थोरै सहयोग गर्न पाएका छौं । मन खुसी छ।' फाउण्डेशनको स्थापनादेखि नै समाजमा योगदान पुर्याउँदै आएको उनको भनाई छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क