इन्फो नेपाल — सञ्चारको सञ्जाल

जापानमा बेरोजगारी दर लगातार चार महिनादेखि दुई दशमलव पाँच प्रतिशतमै स्थिर

टोकियो | जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिनादेखि दुई दशमलव पाँच प्रतिशतमै स्थिर रहेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमै यथावत् छ।

रोजगारीमा रहेका व्यक्तिहरुको संख्या भने शून्य दशमलव एक प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको छ। बेरोजगारमध्ये करिब ८ लाखले स्वेच्छाले जागिर छाडेका छन्, जुन अघिल्लो महिनाको तुलनामा करिब ९ दशमलव ६ प्रतिशतले बढेको हो। त्यस्तै, कम्पनीबाट हटाइएका व्यक्तिको संख्या घटेर ३ लाख ५० हजार पुगेको छ, जुन करिब १४ दशमलव ६ प्रतिशतले कमी भएको हो।

स्वास्थ्य, श्रम तथा जनकल्याण मन्त्रालयको छुट्टै विवरणअनुसार रोजगारीको उपलब्धता दर शून्य दशमलव शून्य दुई अंकले घट्दै एक दशमलव बाइस मा पुगेको छ। यसले प्रत्येक एक सय रोजगारी खोज्ने व्यक्तिका लागि एक सय बाइस रोजगारीका अवसर उपलब्ध रहेको देखाएको छ।

सरकारी अधिकारीका अनुसार केही कम्पनीहरूले अमेरिकी प्रशासनले लगाएका नयाँ भन्सार शुल्कको प्रभाव अझै स्पष्ट नभएकाले नयाँ कर्मचारी भर्नामा संकोच देखाइरहेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क