इन्फो नेपाल — सञ्चारको सञ्जाल

जापान पठाइदिने भनि तीन करोड ठगी

मोरङ । मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै रु दुई करोड ८७ लाख ठगी गर्नेलाई कारवाहीको लागि माग गरिएको छ । मोरङको सुनवर्षी, रंगेली नगरपालिका र कटहरी गाउँपालिकामा वसोवास गर्ने ३७ जना पीडितहरुले आज मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ बैशाख देखि पुस मसान्तसम्ममा सुनवर्षी नगरपालिका –६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रंजितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न वैंकमार्फत उक्त रकम लिएर फरार भएका छन् । पीडितमध्येका कटहरी गाउँपालिकाका विवेक राजवंशीले आरोपीहरुले जापानमा राम्रो रोजगारी उपलव्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाई रु १८ लाख बैकमा नगद जम्मा गर्न लगाई ठगी गरेको बताए । यसैगरी सुनवर्षी नगरपालिका –६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाई मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटक पटक गरी बैंकमार्फत १९ लाख भुक्तानी दिएको भौचर देखाए । पीडितहरुले ३६ देखि ६० प्रतिशत व्याजमा आफनो घर जग्गा धितोमा राखी रकम उठाइ आरोपीलाई दिएका सोही अवसरमा आँखाभरी आँशु झारी व्यक्त्त गर्दै थिए । यस सम्वन्धमा पीडितहरुले इलाका प्रहरी प्रशासन कार्यालय रंगेली, इलाका प्रहरी कार्यालय रंगेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलव्ध गराउन माग गरिएको छ । आरोपीहरु हाल घर छाडेर फरार रहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क