इन्फो नेपाल — सञ्चारको सञ्जाल

जिन्दगीभरि धुमपान गर्नेहरूलाई कहिल्यै फोक्सोको क्यान्सर नहुनको रहश्य के हो ?

काठमाडौं। वैज्ञानिकहरूले आजीवन चुरोट पिउनेहरूलाई किन कहिल्यै फोक्सोको क्यान्सर हुँदैन भन्ने रहस्य पत्ता लगाएका हुन सक्छन् । यो वाक्यांश शायद मूर्खतापूर्ण पनि देखिन सक्छ, किनभने चुरोटलाई फोक्सोको क्यान्सर निम्त्याउने पहिलो प्रमुख कारणको रूपमा हेरिने गरिन्छ । सुर्तीजन्य उत्पादनको सेवनका कारण ९० प्रतिशत मानिसको ज्यान जाने गरेतापनि, आजिवन धुमपान गर्नेहरू भने कुनै न कुनै तरिकाले फोक्सोको क्यान्सर हुनबाट बच्ने गर्छन । अब विज्ञानले अन्तत यस्तो किन हुन्छ भन्ने पत्ता लगाएको हुनसक्छ । “ नेचर जेनेटिक्स"मा प्रकाशित नयाँ निष्कर्षकाअनुसार डिएनए मर्मत हुने जिनले केही धुमपान कर्ताहरूलाई फोक्सोको क्यान्सर हुनबाट जोगाएको हुनपर्दछ । अनुन्धानकर्ताहरूले धेरै धुमपान गर्नेहरूमा कहिल्यै फोक्सको क्यान्सर विकास नभएको तिनीहरूमा अन्तर्निहित एउटा फाइदा फेला पारेका छन् । तिनीहरूले फोक्सोमा रहेका कोषहरू समयसंगै उत्परिवर्तन अर्थात म्युटेड हुने संभावना निकै न्युन रहेको पत्ता लगाएका छन् । किनभने चुरोट पिउनेहरू मध्ये केहीमा डिएनए मर्मत जिनहरू निकै सक्रिय रहन्छन् । केही धुमपानकर्तालाई किन कहिल्यै फोक्सोको क्यान्सर हुँदैन भन्ने प्रश्नको उत्तर शायद यस रोचक निष्कर्षले दिन सक्छ । अनुसन्धानकर्ताहरूले अध्ययनमा संलग्न ३३ जना व्यक्तिको ब्रोन्काइल वसल सेलका जेनेटिक प्रोफाइल अध्ययन गरेका थिए । अध्ययनमा सहभागि सबै ११ देखि ८६ वर्ष उमेर समूहका थिए । ति मध्ये १४ जनाले कहिल्यै चुरोट पिएका थिएनन् भने १९ जना मध्ये केहीले हल्का, सामान्य र निकै धेरै मात्रामा चुरोट पिउने गरेका थिए । बैज्ञानिकहरूले ति सहभागिहरूका फोक्सोको सतहका कोषहरू संकलन गरेर तिनीहरूको जेनोम्समा म्युटेसनको मापन गरिएको थियो । परिणामले ति कोषहरू वर्षौं सम्म जिवित रहेको पाइयो । अल्वर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनले उमेर बढ्दै जाँदा पनि निरन्तर त्यहि गतिमा धुमपान गर्नेहरूमा म्युटेसन जम्मा हुन सक्ने जनाएको छ । अझै रोचक कुरो के छ भने, बैज्ञानिकहरूले २३ वर्ष सम्म दिनको एक प्याकेट चुरोट पिउनेहरूमा कोषको म्युटेसन हुने गति र त्यसबाट हुने खतरा धेरै रहेको पाए भने फेरी त्यहि तिव्र गतिमा कोषको म्युटेसन हुने कारणले जिन्दगीभरि चुरोट पिउनेहरूलाई कहिल्यै फोक्सोको क्यान्सर नहुने गरेको पनि भेटाएका छन् । यसको प्रमुख कारण कोष म्युटेसन क्यान्सरको ट्युमरमा परिवर्तन हुनअघि नै डिएनएले शरिरलाई मर्मत गर्न सक्नु हो । बीजीआरबाट ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क