इन्फो नेपाल — सञ्चारको सञ्जाल

जिल्ला प्रसासन कार्यलय सुनसरीको नेतृत्वमा इटहरी बजार अनुगमन

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाइ र इटहरी उपमहानगरपालिका अनुगमन टोली इटहरीका मुख्य बजार अनुगमन गरेको छ । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईमा इटहरीको संगित चोक , धरान लाईन , पुर्व लाइन लगायतका ठाउहरुमा बजार अनुगमन गरेको हो । अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ । अनुगमनका क्रममा केही पसलहरुमा म्यादगुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो । इटहरीका ८ वटा वढी पसल र मासु पसल अनुगमन गरिएको थियोे । चाडपर्वको समयमा उपभोक्ताहरु नठगीउनु भनेर गरिएको खाद्यान्न तथा मासु पसलको अनुगमनका क्रममा एउटा मासु पसलमा बासी मासु भेटिएको र केही पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थहरु फेला परेपछि अनुगमन टोलीले नष्ट गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले जानकारी दिए । चार्डपर्व नजिकिएको समयमा मुल्य बढिलिने, म्याद गुज्रेको खाध्यन्न बेच्ने गरिएको लगायतका गुनासोहरु उपभोक्ताले गरिरहेको समयमा उद्योग बाणिज्य संघ समेतको सहभागीमा गरिएको अनुगमनमा तेस्तो नपाइएको अनुगमनमा सहभागी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका कर्मचारी , घरेलु तथा साना उद्योग कार्यालय इटहरीका अधिकृत हरिप्रसाद कोइराला , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी अध्यक्ष तेजवहादुर पुरी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क