इन्फो नेपाल — सञ्चारको सञ्जाल

जीबी राईलाई फिर्ता ल्याउनै चुनौती, काहाँ छन् पत्ता लाग्यो !

काठमाडौं । सूर्यदर्शन सहकारीबाट अर्बौं ठगी गरेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राईलाई नेपाल फर्काउन प्रहरीलाई चुनौती भएको छ । मलेसियामा लुकेका राईलाई ल्याउन ईन्टरपोल मार्फत डिफ्युजन र रेडकर्नर नोटिस जारी गरिए पनि मलेसिया सरकारले सुपुर्दगी गर्न अझै अनिच्छुक देखिएको छ । प्रहरी प्रमुख आइजीपी बसन्तबहादुर कुँवरले बुधबार संसदीय समितिमा उपस्थित भई राई मलेसियामा भएको खुलासा गरे। "जीबी राई मलेसियामा नै छ, उहाँलाई नेपाल ल्याउन हामीले सम्भव प्रयास गरिरहेका छौं," कुँवरले भने, "तर मलेसियाले उहाँलाई सुपुर्दगी नगरेकाले अहिलेसम्म उहाँलाई नेपाल फर्काउन सकेका छैनौं ।" कुँवरका अनुसार सरकारले सुपुर्दगी गर्न मलेसियासँग अनौपचारिक अनुरोध गरिसकेको छ, तर अझै असहमति कायम नै छ। गृहले राईविरुद्ध धोकापूर्ण आरोप लगाउँदै सुपुर्दगी सन्धि गर्न खोजेको भए पनि मलेसियाले नमानेको उनले बताए। मलेसियाले सहमति नजनाएकाले ईन्टरपोलले राई फर्काउन नसक्ने आइजीपीले स्पष्ट पारे। अकोतिर, राई पक्षले भने उनी मलेसियामा नभएको दाबी गरिरहेको छ। सूर्यदर्शन सहकारी घोटालाका मुख्य आरोपित राईलाई फर्काउन सघन प्रयास भइरहेको भएपनि मलेसियाको असहयोगले चुनौती खडा गरेको आइजीपीले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क