इन्फो नेपाल — सञ्चारको सञ्जाल

जुम्लामा एक बर्षमा २० वर्ष मुनीका १० किशोरीसहित १६ जना बला'त्कृत

जुम्ला । जुम्लामा बला'त्का'रका घटना बढ्न थालेका छन् । पछिल्लो समयमा २० वर्ष मुनिका किशोरीमाथि बला'त्का'रका घटना बढेका हुन् । जसको उदाहरण हुन गुठिचौर गाउँपालिका वडा नम्बर ५ निवास १७ वर्षीय बालिका । उनीमाथि गुठिचौर ५ निवासी २ जना व्यक्तिले गत सोमबार सामूहिक ब'ला'त्कार गरेका हुन् । उनीहरूले सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला सामूहिक बला'त्कार गरेको पीडित परिवारको भनाइ छ । पीडितका आफन्तले प्रहरीमा उजुरीसमेत दिएका छन् । घटना भएको ठाउँमा प्रहरी गएर अनुसन्धान गरेको जुम्लाका निमित्त प्रहरी नायव उपरीक्षक धर्मराज जोशीले बताए । उनले भने, ‘उनीमाथि बला'त्कार गर्ने व्यक्ति फरार छन् । उनीहरूको खोजीकार्य भइरहेको छ । पीडितलाई न्याय दिन र दोषीलाई कानुनी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’ गुठीचौर ५ की १७ वर्षीया नबालिका एक उदाहरण मात्रै हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको दुई आर्थिक वर्षको तथ्यांक हेर्दा उनी जस्तै १६ वटा किशोरी बला'त्कृत भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २० वर्ष मुनीका सात किशोरी किशोरी बला'त्कार भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २० वर्ष मुनीका १० किशोरीसहित १६ जना बला'त्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लाका परेको छ । जुम्ला प्रहरीको तथ्यांक हेर्दा बला'त्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका दलित र विपन्न बढी छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क