इन्फो नेपाल — सञ्चारको सञ्जाल

जेल जाने प्रतिस्पर्धामा माधव-प्रचण्ड र बाबुराम

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन पूवएप्रधानमन्त्री निर्वाचन सकिएलगत्तै जेलतिर दौडिनुभएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थाल्नुभएको हो । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटनु भएको छ । कारागारका अनुसार दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले मंगलवार दिउँसो चौधरीसँग पालैपालो भेटनुभएको हो । तिनै नेताले सरकार बनाउन सहयोग गर्न चौधरीसामू आग्रह गर्नुभएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाको समेत आफूहरुकै जस्तो प्रस्ताव रहेको बताउनु भएको छ । सरकार बनाउन आफ्नो गठबन्धनको संख्या अपुग हुने देखिएपछि सत्ता गठबन्धनले सिके राउत र रेशम चौधरीलाई पहिलो प्राथमिकता दिएको छ । सोहीअनुसार नेताहरु कारागार धाउन थाल्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ । ०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र ७ सुरक्षाकर्मीको हत्यामा कैलाली अदालतबाट दोषी ठहर भएका चौधरीको सजाय उच्च अदालत दिपायलले सदर गरेपछि उहाँ जेलमै हुनुहुन्छ । चौधरीले रिहाइका लागि सर्वोच्च अदालतमा अपिल गर्नुभएको छ । उहाँ ०७४ मा कैलाली–१ बाट निर्वाचित भए पनि सांसद पद निलम्बनमा रहेको थियो । सोही कारण नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइ पहिलो बटमलाइन बनाएको हो । उन्मुक्ति पार्टीबाट कैलाली–१ मा अध्यक्ष रञ्जीता श्रेष्ठ, कैलाली–२ मा अरुनकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरी निर्वाचित हुनुभएको छ भने बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित हुनुभएको छ । उहाँ रेशमका बुवा हुनुहुन्छ । प्रदेशसभामा पनि उन्मुक्तिले ७ सिट जितेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क