इन्फो नेपाल — सञ्चारको सञ्जाल

जेष्ठ नागरिकलाई तीर्थयात्रा

इटहरी । उपमहानगरपालिकाको मात्र होइन, सम्पूर्ण देशकै लागि नमुना हुने गरी इटहरी उपमहानगरपालिका वडा नं. २ ले आफ्ना एक सय बढी जेष्ठ नागरिकलाई एक दिने तिर्थयात्रा गराएको छ। बुढेसकालमा आफन्तहरूसँग गफगाफ गर्ने र घुम्ने अवसर नपाएकाहरूलाई मनन गरी यो कार्यक्रम गरिएको हो। वडा कार्यालयले वडाको एक लाख ५० हजार बजेटबाट ज्येष्ठ नागरिकहरूलाई सप्तरी जिल्लाको कंकालिनी भगवती मन्दिर र छिनामस्ता मन्दिरमा लगेको थियो। यस अवसरमा वडाका जनप्रतिनिधि र कर्मचारीहरूले पनि ज्येष्ठ नागरिकहरूसँगै भ्रमण गरेका थिए। वडा अध्यक्ष माधव कोइरालाका अनुसार वडा कार्यालयले जेष्ठ नागरिकहरूको साथ दिन र उनीहरूको जीवन यापनलाई सहज बनाउन यस्ता कार्यक्रम गरिरहेको छ। यस कार्यक्रममा सहभागी भुपाल भण्डारीले आफू खुसी भएको बताएका छन्। वडा कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट यो कार्यक्रम गरेको हो र भावी वर्षहरूमा पनि यस्तै कार्यक्रम गर्ने योजना रहेको वडा अध्यक्ष कोइरालाले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क