इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाका कुन पालिकाका कति बजेट?

झापा – पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्। नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित आय/व्यय सार्वजनिक गरेका हुन्। झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रुपैयाँ बराबरको बजेट शुक्रबार सार्वजनिक गरेको छ। त्यस्तै, अर्जुनधारा नगरपालिकाले ७४ करोड १५ लाख ३ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्‍याे। भद्रपुर नगरपालिकाले बिहीबार नै ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ सार्वजनिक गरिसकेको छ। बिर्तामोड नगरपालिका १ अर्ब ३८ करोड ३५ लाख ४६ हजार ४ सय ९० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। कन्काई नगरपालिकाको बजेट ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० रुपैयाँ रहेको छ। दमक नगरपालिका १ अर्ब ६३ करोड ४० हजार ४ सय ४४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्‍याे। जुन झापाका पालिकामध्ये सबभन्दा बढी बजेट सार्वजनिक गर्ने पालिका हो। कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ, झापा गाउँपालिकाले ५० करोड ८१ लाख ५३ हजार ५ सय रुपैयाँ, कमल गाउँपालिका ७१ करोड १२ लाख ३३ हजार रुपैयाँ तथा गौरीगञ्ज गाउँपालिका ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। हल्दीबारी गाउँपालिकाले ४६ करोड ४३ लाख ४४ हजार ६ सय ७० रुपैयाँ बराबरको अनुमानित आय/व्यय प्रस्तुत गरेको छ भने बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकाले बजेट रकम सार्वजनिक गरेका छैनन्।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क