इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाको अर्जुनधारामा ह्युमपाइप भित्र फेला परेको भारतीय नागरिकको ह´त्या गर्ने सिक्किमबाट पक्राउ

सुनसरी / गत असार १२ गते अर्जुनधारा नगरपालिका ४ मा भारतीय नागरिकको ह´त्या गर्ने एक जना पक्राउ गरिएको छ । भारतको सिक्किमबाट मोरङ सुन्दरहरैँचा नगरपालिका -६ का २४ वर्षीय शैलेश सापकोटा पक्राउ गरिएको छ । झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार सापकोटा जानुकादेवी थापासँग ´एक लाख रुपैयाँ सुपारी लिएर भारतीय नागरिक जपडिया नरेशकुमार बाबुको हत्यामा´ संलग्न भएका थिए । सापकोटा जानुकाका फुपूको छोरा हुन् । गत असार १२ गते झापाको अर्जुनधारा नगरपालिका- ४ जुकेखाडी स्थानमा बोरामा पोको पारेर ह्युमपाइप भित्र फेला पारेको भारतीय नागरिक नरेश कुमार बाबुको हत्या गरिएको थियोे । नरेशकुमारको हत्यामा संलग्न झापा अर्जुनधारा नगरपालिका -७ डाँडागाउँकी ३२ वर्षीया जानुकादेवी , सोही ठाउँका ४९ वर्षीय विजय भनिने बृखबहादुर थापा र सुनसरीको वराहक्षेत्र नगरपालिका -१० का २५ वर्षीय सुरेश परियारलाई पक्राउ गरेको थिए । भारतीय नागरिकको ह´त्या यसरी भएको छ : भारत गुजरात अहमदावाद, कुवेरनगरका ४० वर्षीय नरेशकुमारको हत्या गरेका थिए । `जानुकासँग सम्बन्धमा रहेका नरेशकुमारलाई उनले नै योजना बनाएर हत्या गरेकी थिइन् । जानुकाले नरेशकुमारको हत्या गर्न ५ लाख रुपैयाँ सुपारी दिएका थिए ।´ उनीहरूले जानुकाकै घरमा आएका बेला नरेशकुमारलाई मादकपदार्थ सेवन गराएर मार्तोलले टाउकोमा हानेर हत्या गरेका थिए । परियार र सापकोटाले नरेश कुमारलाई कुटपिट गरेका थिए। जानुका र वृखबहादुरले सहयोगीको भूमिका निर्वाह गरेका थिए। जानुका र नरेशकुमार चिनजान पछि केही समय भारतमासँगै बसेका थिए । नरेशकुमारले जानुकालाई घर बनाउन मोटो रकम सहयोग समेत गरेका थिए । `शारीरिक सम्बन्ध र आर्थिक सहयोगको पोल खुल्ने भएपछि जानुकाले नरेशकुमारको हत्या योजना बनाएकी थिइन् । ´सोही योजना अनुसार नरेशकुमारको हत्या गरिएको थियो ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क