सुनसरी : झापाको मेचीनगरमा आज बिहान हात्तीको आक्रमणमा परी एक बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका - १० स्थित महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन् । वडाध्यक्ष नारायण खनालका अनुसार दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ बजे हात्तीको आक्रमणमा परेकी हुन् ।उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खनालले जानकारी दिए ।
स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन् । शवको पाेस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक पक्रियाका लागि पठाइएको छ । महानन्द टोल धुलाबारीको व्यस्त बजार क्षेत्र हो । बजार क्षेत्रमै हात्ती छिरेर मानिसको ज्यान लिएपछि स्थानीय त्रसित भएका छन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…