इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाको पार्किङ गरी राखिएको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

सुनसरी | झापाको शिवसताक्षीमा पार्किङ गरेर राखिएको मालबाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसारको झापाको शिवसताक्षी नगरपालिका- १ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दुईवटा मालवाहक ट्रकमध्ये ना ५ ख ८३११ मा रड लोड भएको थियो । उक्त ट्रक ना ६ ख ८८९५ पार्किङ गरिएको ट्रक भन्दा पछाडि आउँदै थियो । रातिको समयमा बाक्लो हुस्सुका कारण बाटो प्रष्ट नदेखिँदा पार्किङ गरिएको ट्रकमा पछाडिबाट आउँदै गरेको अर्को ट्रक ठोकिएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ । रड लोड भएको ट्रकका चालक र सह–चालकको मृत्यु भएको हो । मृत हुने चालक सुनसरीको रामधुनीका नगरपालिका - का ३५ वर्षीय मदन चौधरी रहेका छन् । सहचालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । च्यापिएको अवस्थामा उनीहरूको शव निकालिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क