इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाको मेचिनगरमा मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु

सुनसरी | झापाको मेचीनगर नगरपालिका- १२ पीपल डाँगीस्थित मेची लोकमार्गमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति ११ः२५ बजेतिर मेचीनगर - १२ पीपल डाँगीस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका-४ मा बस्ने ४५ वर्षीय विष्णु थापा र झापाको कन्काई नगरपालिका- ४ मा बस्ने ३८ वर्षीय कृष्णप्रसाद सिग्देल रहेका छन् । दुर्घटनामा उनीहरू दुवैजना गम्भीर घाइते भएकाका उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ३३५० नम्बरको मोटरसाइकलमा पछाडि सवार ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क