इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाको सालबारीे 'पर्यटन हब'बन्दै

झापा / झापाको सालबारी पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षणको केन्द्र बन्दै गएको छ । अर्जुनधारा नगरपालिका स्थित सुखानी शहीद स्मृति पार्क झापाको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । झापा विद्रोहका ५ जना शहीदको प्रतिमासहितको सो पार्कले झापाको उदीयमान पर्यटकीय क्षेत्रको परिचय बनाइसकेको छ । पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकनसमेत गर्न सकिन्छ । जङ्गलभित्र सुन्दर र आकर्षक बाटोको निर्माण, ५ शहीदहरूको मूर्ति, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक काठको पुल रहेको सालबारी आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइ बन्न थालेको छ । सालबारी विधार्थीहरुले भर्पुर मनोरञ्जन लिइरहेको तथा सालबारीमा बनभोजखानेहरुको भिड रहेको तथा बन भोजको लागि उपयुक्त रहेको छ । यहाँ सालका बोट बिरुवाहरुको संरक्षण गरिएको देखिएको बाल विकास ईग्लिश बोर्डिङ स्कुलका शिक्षक नारायण कुमार सन्जेलले बताए । अहिले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक सुखानी शहीद स्मृति पार्क आउने गरेका छन् । यस क्षेत्रमा २२ हेक्टर जमिनलाई संरक्षण गरी वनभोज तथा अध्ययन स्थलको रूपमा पनि विकसित गरिएको छ । पार्कसँगै रहेको कछुवा उद्धार तथा प्रजनन केन्द्र पनि जैविक विविधताबारे अध्ययन गर्ने थलो हो । शहीदको योगदानको सम्मान र वातावरणीय संरक्षणका लागि पार्क स्थापना गरिएको व्यवस्थापन समितिको भनाइ छ । पार्कलाई सबैको साझा र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सरकारी तथा विभिन्न निकायसँग पनि समन्वयको प्रयास भइरहेको समितिले जनाइएको छ । पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने स्थानीयको बुझाइ छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते