इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा आमाछोरामाथि धारिलो हतियार प्रहार

सुनसरी / झापामा भतिज र भाउजूलाई अन्धाधुन्ध धारिलो हतियार प्रहार गरी एक व्यक्ति फरार भएका छन् । झापा गाउँपालिका- १ लसुनाका दुखिया राजवंशीले ४० वर्षीया भाउजू सिमसरी राजवंशी र १४ वर्षीय भतिज धनञ्जय राजवंशीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय प्रल्हादकुमार राजवंशीले बताए । गत मंगलबारको भएको सिमसरीलाई हतियार प्रहार गरेको देखेका धनञ्जयलाई पनि आवेगमा आएर दुखियाले धारिलो हतियार प्रहार गरेका थिए । घटना लगत्तैदेखि दुखिया फरार छन्। घाइते सिमसरीको विर्तासिटी हस्पिटल बिर्तामोडको आइसीयू र धनञ्जयको बिर्तामोडकै बिएण्डसी अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको प्रल्हादकुमार राजवंशीले बताए । दुखियाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल सीमावर्ती क्षेत्र भएकाले दुखिया भारत भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको कारण अझै खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क