इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा ओलीमाथि आक्रमण प्रयास, ढुङ्गामुढा गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरूले ढुङ्गामुढा गरेका बताए । उनले त्याे घटना हुनु दुःखद भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए । उनले प्रहरीले ढुङ्गामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराए । गृहमन्त्री श्रेष्ठले अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे । यस्तै गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताए । उनले केही दिनभित्रैमा प्रहरीले सत्य/तथ्य पत्ता लगाउने र दोषीलाई कानुनको कठघरामा ल्याउने विश्वास व्यक्त गरे । उनले मिटरब्याजी पीडितलाई न्याय दिने र पीडकलाई कानुनी कठघरामा ल्याउने गरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडि बढाएको बताए । उनले केही दिनअघि मिटरब्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी पनि मागे । गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरूका बीचमा सहमति खोज्ने कोसिस भइरहेको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क