इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा तीनजना किशोरी एउटै रुखमा झु'न्डिएको अवस्थामा मृत फेला

सुनसरी / झापाको कचनकवलमा १६ र १७ वर्षीया तीनजना किशोरीले एउटै रुखमा आ'त्मह'त्या गरेको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यलय डीएसपी वसन्त पाठकका अनुसार झापाको कचनकवल गाउँपालिका- ५ पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झु'न्डिएर स्थानीय तीन किशोरीले सामूहिक आ'त्मह'त्या गरेका छन् । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झु'न्डिएको अवस्थामा फेला परेको छ । सामूहिक आ'त्मह'त्या गर्नेहरूमा झापाको कचनकवल गाउँपालिका - ५ का निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् । स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । आज बिहान साढे ७ बजे सामूहिक अवस्थामा झु'न्डिएको स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरू तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आ'त्मह'त्याको कारण भने खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क