इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा तीनवटा मोटरसाइकल र स्कुटर एकापसमा ठोकिदा एक वृद्धको मृत्यु 

झापा: झापाको कमल गाउँपालिका ४ मा तीनवटा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दुई जना घाइते छन् । कमल गाउँपालिका -४ स्थित केर्खामा पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६ प ८९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। सोही समयमा प्रदेश १–०१–०१६ प ७१४० नम्बरको स्कुटरसमेत पुगेर ठक्कर हुँदा प्रदेश १–०१–०१६ प ८९९२ नम्बरको मोटरसाइकलको पछाडि सवार झापा कनकाई नगरपालिका ३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। दुर्घटनामा सोही मोटरसाइकल चालक कनकाई नगरपालिका ५ का ५३ वर्षीय चन्द्रप्रसाद भट्टराई घाइते भएका छन् । मे ६ प ३१५२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ३ निवासी ५५ वर्षीय देवप्रसाद बजगाईँको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परेका सबै मोटरसाइकल हाल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क