इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा देउनिया खोलाको पुलबाट ट्रक खस्दा आमाको मृत्यु, छोरासहित तीनजना घाइते

सुनसरी / झापाको भद्रपुरबाट केचना जाने सडकखण्ड अन्तर्गत पृथ्वीनगरको देउनिया खोलाको पुलबाट झरेर ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको मृत्यु भएको छ । इँटा बोकेर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०१–००–१ ख ३६५९ नम्बरको ट्रक पुलको रेलिङ भत्काएर खोलामा झरेको हो । दुर्घटनामा पुलमा हिड्दै गरेकी भद्रपुर ९ गैरीगाउँ बस्ने वर्ष २३ की तुलसा खवास भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चारजना घाइते भएकोमा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनकी २ वर्षकी छोरी लुकुसा तामाङ गम्भीर घाइते भएकी छन् । आमा तुलसालाई ट्रकले सोरेर लैजाँदा उनी उछिट्टिएकी थिइन् । दुर्घटनामा ट्रकमा सवार बिर्तामोड २ बस्ने वर्ष २४ को अनिल हस्दा, सोही ठाउँ बस्ने वर्ष ५२ को बुधलाल राजवंशी घाइते भएका छन् । घाइतेहरुलाई बिर्तामोडको बि एण्ड सी हस्पिटलमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालक पाँचथर हिलिहाङ का २४ वर्षीयय यागेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क