इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा निधन भएको भनेर काज किरिया गरिएका व्यक्ति घरमा आएपछि…

सुनसरी: झापामा काजकिरिया सकेकै दिन मृतक भनिएका युवक टुप्लुक्क घर आइपुग्दा परिवार मात्र होइन सारा गाउँले र आफन्त चकित बनेका छन्। दुई साताअघि सुरुङ्गास्थित कोटिहोममा बेवारिसे शव फेला परेको थियो । सुरुङ्गा प्रहरीले शवको पहिचान नहुञ्जेलका लागि मेची प्रादेशिक अस्पतालको शवगृह मा शव पठाएको थियो । कनकाईमा मलामी आएका छिमेकीले गाउँमा सो खबर पुर्याए । कोटीहोममा फेला परेको शव मुडुला कार्कीको भन्ने सम्म सूचना गाउँ पुगेपछि हराइरहेको दाईको पहिचान गर्न हल्दिवारी १ गोल्धापबाट एउटा परिवार भद्रपुर पुगेको थियो । मृतककी बहिनी बिना कार्कीले शव हेर्दा आफ्नै दाई जस्तै लागेपछि कनकाईमा लगेर आफन्त, छरछिमेकको सहयोगमा अन्त्येष्टि समेत गरिन् । गोलधापमा मृतकका कान्छा काका काजकिरियामा बसे । ‘दाई सुरज कार्की (२७) घर परिवारबाट सम्पर्क विहीन भएको ३ वर्ष भएको थियो,’ बहिनी बिनाले भनिन्, ‘देख्ने सुन्ने जान्नेले मुडुला कार्की रहेछ भने, जिउ पनि पातलो देखेपछि दाई नै हो भन्ने लागेर धार्मिक रीतिरिवाज अनुसारअन्त्येष्टि गरियो, काजकिरिया पनि गरियो । काम सकेकै दिन दाई टुप्लुक्क घर आइपुग्दा हामी परिवार चकित पर्यौं ।’ आफ्नो काजकिरिया काकाले गरिरहेको सुरजले सामाजिक सञ्जालमा थाहा पाएपछि उनी घर गएका थिए । उनले भने ‘काकाले मेरो क्रिया गरिरहेको १२ औं दिनका दिन फेसबुकबाट देखें । कुनै अप्ठेरो होला भनेर कसैलाई भनिन । सिधै घर गएँ ।’ बेवारिसे अवस्थामा फेला परेको शव आफन्त कै रहेको भनेर जलाइएको १२ दिनपछि मात्र कार्की परिवारले अर्कै व्यक्तिको काजकिरिया गरेको थाहा पाएको बताइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क