इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा पतिद्वारा पत्नीको हत्या

झापा | झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकाको कामाटोलीमा पत्नीकोे हत्या गरेर पति भागेका छन् ।झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नी पत्नी अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशको हत्या गरेका हुन् । अनिशाको हत्या उनकै पति सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन् । पत्नीको हत्यापछि सतिसकुमार भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए ।त्यसपछि प्रहरी टोली घटनास्थल पुगेका थिए । घटना शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा भएको प्रहरीको भनाइ छ । सोही बेला सतिसलाई स्थानीयले अनिशाको घर आसपास देखेका थिए । अनिशा पति सतिसलाई छाडेर दुई छोरीसहित छुट्टै बस्दै आएकी थिइन् । अनिशा र सतिसबीच सम्बन्ध राम्रो थिएन । सतिसले पहिला पनि पत्नीलाई कुटपिट गर्दै आइरहेका थिए । उनीहरू सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटकपटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन् । अनिशाको माइती घर झापा गाउँपालिका–७ सिमलबाडीनजिक झाँगाटोलीमा पर्छ । प्रहरीका अनुसार घटनापश्चात सतिस भागेको र उनको खोजी कार्य भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क