इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा पानीमा डुबेर एक जनाको ज्यान गयो

झापा | झापामा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । झापाको बिर्तामोडमा पानीमा डुबेर बिर्तामोड नगरपालिका १० ईलामेली टोल बस्ने ३५ वर्षका सुनिल मुर्मुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

शनिबार दिउँसो बिर्तामोड नगरपालिका वडा नम्बर १० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मुको घरनजिकै रहेको पैनीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले देखेर जानकारी गराएपछि तत्कालै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटी गएको प्रहरीको टोलीले मुर्मुलाई मृत अवस्थामा फेला परेको थियो । झापामा गएराति देखी निरन्तर वर्षा भइरहेको छ । निरन्तरको वर्षाले झापाका ठुला नदिहरु मेची, निन्दा, बिरिङ, कमल, कनकाई, रतुवा लगायतका नदिहरुमा पानीको बहाव बढेको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन झापा प्रशासनले आग्रह समेत गरेको छ । शनिबारदेखि कोशी प्रदेशसहित देशैभर निरन्तर वर्षात हुँदा जनजीवन प्रभावित बन्दै आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क