इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु

सुनसरी / झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको दुर्घटना घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका- ८ मा बस्ने ५८ वर्षीया तुलसादेवी गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका- ५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी- १० मा बस्ने ५८ वर्षीय शुक्रबहादुर तामाङलाई चोट पटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार महिला गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुरको अरुण गाउँपालिका- ५ का ३० वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिएको छ भने घटना विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क