इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु , २२ जना घाइते

सुनसरी : झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व-पश्चिम राजमार्गको बिरिङ पुलमा आइतवार बस दुर्घटना हुँदा १६ वर्षीय उत्सव पौडेलक‍ मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ८०४१ नम्बर यात्रु वाहक बस दुर्घटना भएको हो । घाइते भएका भएकाहरूमध्ये ११ जनाको बिएण्डसि अस्पताल र ११ जनाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । पत्ती भाँचिएर अनियन्त्रित भएको बस पुलको उत्तरतर्फको रेलिङ्गमा ठोक्किएर दुर्घटनामा परेको थियो । अगाडिको एउटा चक्का पुलको रेलिङ्ग भत्काएर बस पुलमा झुन्डिएको अवस्थामा बस खोलामा खस्न जोगिएको छ । दुर्घटनाका कारण सडक जाम भएको थियो । बस दुर्घनाको पूर्ण विवरण भने आउन बाकी रहेको ट्राफिक प्रहरी झापाले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क