इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर नगरपालिका–१३ मा आइतबार राती प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फुलवासा पुलमा गएर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका- ३ का २० वर्षीय मनिस बास्कोटालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परी अर्को मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय सौरव बास्कोटा र सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय सुमन पौडेल घाइते भएका छन्। बास्कोटाको बीएण्डसी अस्पताल र पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ। दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टाले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क