इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा नदीले बगाउँदा एक जनाको मृत्यु

झापा | झापाको दमकमा रतुवा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान रतुवा नदी तर्ने क्रममा दमक १ का ५३ वर्षीय मोहन रमदामलाई रतुवा नदीले बगाएको थियो । नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवाले उनलाई नदीबाट उद्धार गरेर नदी किनारमा निकाल्ने बित्तिकै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृतकको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको दमक प्रहरीले जनाएको छ । झापामा केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ । जसका कारण नदीहरूमा जलस्तर बढेको र नदी किनारमा अनावश्यक रूपमा नजान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क