इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा सालोले गरे खुकुरी प्रहार गरी भिनाजुको हत्या

सुनसरी / झापाको बुद्धशान्तिमा सालोले भिनाजुको हत्या गरेका छन् । आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका हुन् । बुद्धशान्ति ५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कटवालबीच घरायसी विवाद भएको थियो । विवादकै क्रममा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउकामा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ । उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा कटवालको उपचारका क्रममा बिहीबार आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । यता घटना घटे लगतै इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले रोशनलाई खुकुरीसहित पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क