इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा | झापाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नम्वर ५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीको आक्रमणबाट शुक्रबार राति ज्यान गएको प्रहरीले जनाएको छ । सुतिरहेको अवस्थामा बारबेरासहितको घर भत्काउन थालेपछि लिम्बू भागेकी थिइन् । भाग्ने क्रममा घरभन्दा करिब ३० मिटर पर हात्तीले पछारेर लिम्बूलाई मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तीन दिनअघि मात्रै रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी ११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो । घटनामा उनका श्रीमान घाइते भएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क