इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापा र ओखलढुंगामा पानीमा डुबेर दुई जनाको मृत्यु

सुनसरी / पानीमा डुवेर झापा र ओखलढुंगामा दुई जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो पानीमा डुबेर दुई जनाको मृत्यु भएको हो । झापाको बुद्धशान्तिमा भने कुलोमा डुबीरहेको भन्ने सूचना पाए संगै तत्काल खटिएको प्रहरी टोलीले कुलोबाट उद्धार गरी उपचारको लागी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यसैगरी, ओखलढुङगाको मोलुङ गाँऊपालिका २ रामपुरकी ७५ बर्षीया रत्न कुमारी बिश्वकर्मा मोलुङ खोलामा डुबी मृत्यु भएको छ भने झापाको बुद्धशान्ति गाउँपालिका १ रहेको कुलोमा बुद्धशान्ति गाउँपालिका २ का १९ बर्षीय मनोज तामाङ कुलोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ । ओखलढुङगाको मोलुङ गाँऊपालिका २ रामपुरकी ७५ बर्षीया रत्न कुमारी बिश्वकर्मा मोलुङ खोलामा डुबी मृत अवस्थामा रहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली जाँदा मृत शव भेटिइको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क