इन्फो नेपाल — सञ्चारको सञ्जाल

झुन्डिएर आत्महत्या गरेको भनिएकी शालीनको यौनाङ्ग र गालामा कसरी चोट ?

काठमाडौं- चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन पोखरेलले आत्महत्या गरिएको भनिएको घटना शंकास्पद देखिएको छ । १२ फागुन शनिबारको दिन बिहान सोही स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी उनको शवको प्रकृतिको विषयलाई लिएर आफन्तले प्रश्न उठाएका छन् । उक्त घटनाको सत्यतथ्य छानबिन गर्न शालीनका बुबा दीपेन्द्र पोखरेलले माग गरेका छन् । दीपेन्द्रले शुक्रबार काठमाडौंमा केही मिडियाकर्मीसँग भने, ‘‘गालामा २ वटा घाउ छ । यौनाङ्गमा चोट लागेको देखिएको छ । झुन्डिएर आत्महत्या गरेको भनिएको घटनामा यो कसरी भयो ?’’ शालीनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ । पोष्टमार्टम रिपोर्ट समेत परिवारलाई देखाइएको छैन । लास झुन्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा आफ्नी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिएको उनले बताए । आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । ‘‘म त्यहाँ पुग्नुभन्दा पहिले नै घटना भएको छात्रावासको ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो । शालीनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो । सबै प्रमाण किन नष्ट गरियो ?’’ दीपेन्द्रले प्रश्न गरे । आत्महत्या गरेको भनिएकी शालीन पोखरेलका बुबा दीपेन्द्र र आमा सगुन अधिकारी दीपेन्द्रले घटनापछि विद्यालयमा गएर सर्वपक्षीय छलफलपछि मात्रै मुचुल्का गर्न आग्रह गर्दा प्रहरीले विद्यालय परिसरभित्रै भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेकोसमेत दाबी गरेका छन् । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलकी छोरी शालीन २ वर्षयता चितवनमा बसेर पढ्दै आएकी थिइन् । उनले आत्महत्या गरेको भनियो । घटनापछि अभिभावकले जाहेरी दिँदा प्रहरीले लिन मानेन । अभिभावकले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरिवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले नाम हटाएर ल्याउन भनेको थियो । तर, पछि जाहेरी दर्ता भएको छ । अहिले उनीहरू पक्राउ परेका छन् । नेपालाभ्युजबाट

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क