इन्फो नेपाल — सञ्चारको सञ्जाल

झुम्कामा तेस्रो राष्ट्रिय थारू चलचित्र महोत्सव सुरू

सुनसरी : थारू समुदायको भाषा, संस्कृति र संस्कारलाई जोगाउने उद्देश्यले दुई दिने तेस्रो थारू चलचित्र महोत्सव बुधबार बाट सुरु भएको छ । थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रिय कार्यसमितिको आयोजनामा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीको प्रमुख आतिथ्यतामा पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारु चलचित्रकर्मीहरु तथा थारु चलचित्र उद्योगमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गरिने भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समूदायका कलाकारले निर्माण गरेका फिल्म एउटै थलोमा देखाउन र बजार प्रवर्द्धन गर्न महोत्सव गरिएको तथा पुर्वको चलचित्रहरूले के निर्माण गरे पश्चिमका चलचित्रहरूले के गर्ने गरे भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आदिवासी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष परशुराम चौधरीले बताए । थारु चलचित्र तथा सास्कृतिक संघ केन्द्रिय कार्यलय काठमाडौंको आयोजना भएको हो ।हालसम्म जातीय भाषा, संस्कृति र संस्कार झल्कने करिब ११५ ओटा थारु चलचित्र र ८० भन्दा बढि छोटो फिल्म निर्माण भएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क